- निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरूङ मार्गको दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको हो ।
काठमाडौं : सरकारले नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकेको छ । निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरूङ मार्गको दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको हो ।
जसअनुसार कार/भ्यानहरू काठमाडौं आउँदा ६५ रुपियाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ भने मिनी बस-ट्रक काठमाडौं आउँदा ११५ र बाहिर जाँदा ८० रूपैयाँ व्यवस्था गरिएको छ ।
त्यसैगरी बस र ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ तोकिएको छ भने बाहिर जाँदा २०० तोकिएको छ । त्यस्तै भारी उपकरणसहितका सवारी साधन काठमाडौं आउँदा ६०० र बाहिर जाँदा २५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै सुरुङमार्गबाट मोटरसाइकल चलाउन भने नपाइने भएको छ ।
२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्गको कुल लागत २२ अर्ब रहेको छ, जसमा जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’